PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : यही अप्रिल २१ देखि २८ तारिखसम्म हंगेरीको बुढापेस्टमा हुने विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

खेलाडी र पदाधिकारीसहित च्याम्पियनसिपमा सहभागिता जनाउने ८ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवन राम श्रेष्ठले मंगलवार बिदाइ गरे।

च्याम्पियनसिपमा नेपालबाट राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठसहित बिनेश खनिया, दिक्षा तामाङ, स्वेच्छा नेम्वाङ र सुनिल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। यस्तै टोलीसँग नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज बैद्य र उपाध्यक्ष धर्ममान बज्राचार्य पनि हैगरी जानेछन्।

संघका अध्यक्ष बैद्यले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा नेपालमै हुने साग मा सहयोग पुग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell