PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आठौं राष्ट्रिय खेलकुद : जुडोको मिक्स टिममा आर्मीलाई स्वर्ण



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुद : जुडोको मिक्स टिममा आर्मीलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १६औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ। प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए।

एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो। स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो।

आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए।

प्रहरी टिम च्याम्पियन बन्यो। १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा प्रहरीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो। दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कांस्य हात पार्‍यो। १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो। बाँकी १ स्वर्ण एपीएफले हात पार्‍यो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell