PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीवार बेलुका ६ बजे राष्ट्रपतिबाट हुने



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीवार बेलुका ६ बजे राष्ट्रपतिबाट हुने

नेपालगन्ज : २०७५ साल चैत २७ गतेबाटै केही खेलका स्पर्धाहरु सुरु भएपनि आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते हुँदैछ।

प्रदेश ५ मा भएरहेको बृहुत खेल मेलाको यहि बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको हो।

नेपाली खेलकुद र खेलाडीको लागि बहुप्रतिक्षित र प्रतिष्ठित मानिएको यस खेल मेलामा यस पटक सात प्रदेश, तीन विभाग र एनआरएनए गरी कूल ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

आठौँ सुरुको भएको सातौँ दिन तथा औपचारिक उद्घाटनको दुई दिनअघि राखेपका सदस्य सचिव केश कुमार विष्टले प्रेस विज्ञप्ती जारी गर्दै  खेलकुद समाज र देश जोड्ने माध्यम हुनुका साथै अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने माध्यम समेत भएको जनाएका छन्।

यस्तै उद्घाटन अघि नै १४ खेल सम्पन्न भइसक्नेछ। 'आठौं अन्तर्गत १४ खेल उद्घाटन अघि नै सम्पन्न हुने यहाँहरुमा जानकारी गराउन चाहन्छु। बाँकी २१ खेल बैशाख ५ देखि ११ गतेको अवधिमा सम्पन्न हुनेछ। यसका लागि पनि देशका बिभिन्न भुभागबाट खेलाडी आइसकेका छन्, कतिपय खेलाडी आउने क्रम जारी छ।'

बृहत राष्ट्रिय खेलकुदको ३५ वर्षे इतिहासमा भर्खर आठौँ खेलकुद भइरहको छ। सुरुको तीन संस्करण दुई वर्षको अन्तरालमा भएपनि त्यसयता भने निर्धारित समयमा हुन सकेको थिएन। अहिले भने सातौँ सम्मपन्न भएको २ वर्षपछि नै आठौँ भएको हो।

सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकुद ऐतिहासिक भएको बारम्बार बताउँदै आएका छन्। 'आठौं राष्ट्रिय खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक हो भन्ने हाम्रो बुझाइ हो। ५० मिटर लम्बाइको पौडी पोखरीमा सम्बन्धित प्रदेशमै प्रतियोगिता हुनु, उपत्यका बाहिर सिन्थेटिक ट्रयाकमा एथलेटिक्स हुनु, नेपालमै अत्याधुनिक प्यारापिट निर्माण गरिनु, प्रायजसो हरेक खेलको आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनु, बाध्यतावश विदेशिएका खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पहिलोपटक एनआरएनए टिमलाई सहभागी गराउनुलगायत प्रतियोगिताका महत्वपूर्ण पक्ष हुन्।'

आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन्। २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell