
दाङ : नेपालका नम्बर एक खेलाडी दिदीभाई नङ्खशल देवी तामाङ र रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको महिला तथा पुरुष एकलतर्फ क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१-११, २१-११ को अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएकी हुन्। यस्तै सेनाकै प्रतिनिधित्व गरेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई २१-११, २१-७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे।
यस्तै महिला एकलतर्फ सेनाका रशिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि दोश्रो चरणमा स्थान बनाए। रशिलाले एपLएफकी अञ्जना राईलाई २१-१२, २१-७ ले, अनुले प्रदेश १ की अरुण तामाङलाई २१-११, २१-५ ले, रञ्जनाले सुदूरपश्चिमकी निलिमा महरालाई २१-६, २१-८ ले तथा लोक्तमाले प्रदेश ३ की मनिण खड्कालाई २१-१४, २१-१० ले हराए।
यसै गरि एपीएफका जेशिका गुरुङ्, शोभा गौचन र सुनैना मुखियाले पनि दोश्रो पहिलो चरण पार गरे। जेशिकाले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१-१०, २१-९ ले, शोभाले सुदूरपश्चिमकी बिष्णा बिष्टलाई २१-१४, २१-१० तथा सुनैनाले प्रदेश १ की रोज पाण्डेलाई २१-१०, १९-२१, २१-१६ ले पराजित गरे।
यस्तै दोश्रो चरण प्रवेश गर्नेमा प्रदेश ५ की संझना शर्मा, प्रदेश १ की निता लम्साल, सिता राई, सिमा राजबंशी, प्रदेश ३ की सफी खत्री, गण्डकी प्रदेशकी पुनम गुरुङ्ख, कर्णाली प्रदेशकी अग्रीमा भण्डारी र सुदूरपश्चिमकी प्रसुना खत्री पनि दोश्रो चरण प्रवेश गर्ने खेलाडी बने।
घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका दिपेश धामी प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै दोश्रो चरण प्रवेश गरे। दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका गौतम कठायत, विजित थापामगर पनि रहे। गौतमले प्रदेश ५ का विश्वास नेपाललाई २१-१२, २१-१२ ले तथा विजितले एपिएफकै निरञ्न देवकोटालाई १५ -२१, २१-१३, २१-१२ ले पराजित गरे।
टिम ईभेन्ट्समा रत्नजितलाई पराजित गरि सनसनी मचाएका अन्तराष्ट्रिय पदकधारी सुदूरपश्चिमका प्रिन्स दाहालले एपिएफका सुमन लिम्बुलाई २१-१८, २१-७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे। यसैगरि पुरुष एकलमा सेनाका विशाल खड्का, प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका बिष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकाश श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्माले पनि पहिलो चरण पार गरे।
एपिएफका दीपेश धामी र विजित थापामगरको जोडी पुरुष युगल तर्फ पनि दोश्रो चरण प्रवेश गर्न सफल भए। धामी र मगरको जोडीले प्रदेश ३ का विश्वास नेपाल र गणेश रायमाझीलाई २१-१८, २१-१९ ले पराजित गरे।