
दोस्रो लेगमा युभेन्ट्समाथि २-१ को पुनरागमन जित हात पारेको अयाक्स युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा बराबरी खेलेको डच क्लब अयाक्सले युभेन्ट्सको मैदानमा भएको दोस्रो लेग जित्दै समगमा ३-२ को जित हात पारेको हो।
दोस्रो लेगमा एक गोलले पछि परेर पनि पुनरागमन गर्दै अयाक्सले दुई गोल गर्यो।
घरेलु मैदानमा २८ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन। ३४औँ मिनेटमा डोनी भान डेर बिकलअयाक्सको लागि बराबरी गोल पर्काए। ६७औँ मिनेटमा माथिस डे लिटले गोल गर्दै अयाक्सलाई २-१ को अग्रता दिलाएका थिए। दोस्रो लेगमा त्यही २-१ को जित निकालदै अयाक्सले सेमिफाइनल यात्रा तय गरेको हो।
पहिलो लेगमा पनि एक गोलले पछि परेर अयाक्सले खेल बराबरी गरेको थियो।
अयाक्सले प्रिक्वाटरफाइनलमा साविक विजेता रियल मड्रिडलाई पराजित गरेको थियो।