PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जिम्बावेसँग युएई हार्दा नेपाललाई फाइदा, एकदिवसीय वरीयतामा एक स्थान फड्को



पहिलोपोस्ट

जिम्बावेसँग युएई हार्दा नेपाललाई फाइदा, एकदिवसीय वरीयतामा एक स्थान फड्को

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान फड्को मारेको छ।

नेपाल भन्दा अगाडि रहेको युएई जिम्बावेसँगको चार खेलको एकदिवसीय सिरिजमा पराजित भएपछि त्यसको फाइदा नेपाललाई पुगेको हो।

चार खेलको सिरिज जिम्बावेले ४-० ले क्लिन स्वीप गरेको हो।

आइसीसीले जारी गरेको नयाँ वरीयतामा युएईलाई पछि पार्दै नेपाल १४औँ स्थानमा उक्लेको हो। टी २० मा पनि नेपाल १४औँ स्थानमै छ।

गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २-१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो।

वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालको रेटिङ १५ र प्वाइन्ट १५२ छ। नेपाल भन्दा पछाडि युएई १५औँ स्थानमा छ भने नेदरल्याण्ड्स १६औँ स्थानमा छ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो र न्यूजिल्याण्ड तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell