PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आइपीएल : लोकेश राहुलको अर्धशतक र आश्विनको अलराउण्ड प्रदर्शनमा पञ्जाव विजयी



पहिलोपोस्ट

आइपीएल : लोकेश राहुलको अर्धशतक र आश्विनको अलराउण्ड प्रदर्शनमा पञ्जाव विजयी

लोकेश राहुलको अर्धशतक अनी कप्तान रविचन्द्रन आश्विनको अलराउण्ड प्रदर्शनमा किंञग्स एलेभेन पञ्जावले इण्डियन प्रिमियर लिग २०१९ (आइपीएल) मा राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ।

चण्डीगढस्थित घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा १८२ रन बनाएको थियो। १८३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको राजस्थानले २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो।

पञ्जावका लागि लोकेश राहुलले अर्धशतक प्रहार गरे। यस्तै आश्विनले ४ बल खेल्दै नटआउट १७ रन बनाए। बलिङमा पनि २ विकेट लिएका आश्विन म्यान अफ दि म्याच घोषित भए।

उता राजस्थानका राहुल त्रिपाठीले यस सिजन पहिलो पटक ओपनिङ गर्दै ५० रन बनाएपनि जित दिलाउन पर्याप्त भएन। राजस्थानका स्टुअर्ड बिन्नीले ११ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा नटआउट ३१ रन बनाए।

राजस्थानमा जोफ्रा आर्चरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए।

यस सिजन पाँचौ जितपछि ९ खेलबाट १० अंक जोड्दै पञ्जाव चौथो स्थानमा उक्लेको छ। समान अंक भएपनि रनेरेटमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स पञ्जावभन्दा अघि छ। १४ अंकसहित चेन्नाई सुपर किंग्स शीर्ष स्थानमा छ।

सिजनको छैटौँ हारपछि ८ खेलबाट ४ अंक मात्र रहेको राजस्थान सातौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell