PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

आठौँ राष्ट्रिय खेलकुद : आजबाट फुटबल, क्रिकेट र भलिबल सुरु



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद  : आजबाट फुटबल, क्रिकेट र भलिबल सुरु

नेपालगन्ज : नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो मेला आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा सञ्चालन भइरहेको छ। चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भोली बेलुका नेपालगन्ज रंगशालमा राष्ट्रपतिले गर्नेछन्।

आठौँ राष्ट्रिय खेलकुद सुरु भएको आज आठौँ दिन हो। आजबाट तीन चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबल सुरु हुँदैछ।

भलिबल नेपालगन्जस्थित खजुरामा रहेको भलिबल एकेडेमीमा बिहानैदेखि सुरु भएको छ। महिला र पुरुषको भलिबल यही हुनेछ।

यस्तै फुटबल अन्तर्गत पुरुष फुटबल खजुरास्थित डि गाउँमा सुरु भएको छ।

क्रिकेटतर्फ पनि पुरुषको खेल बाँकेको कोहलपुर क्रिकेट मैदानमा सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell