PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एएफसी कप : नेपालको लिग च्याम्पियन मनाङले धोनीको क्लबसँग आज खेल्दै



पहिलोपोस्ट

एएफसी कप : नेपालको लिग च्याम्पियन मनाङले धोनीको क्लबसँग आज खेल्दै

काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय क्लब चेन्नायीन एफसीसँग आज प्रतिस्पर्धा गर्दैछ।

इन्डियन सुपर लिग (आइएसएल) दुई पटक जितिसकेको चेन्नायी र मनाङ दुवै क्लब समूहमा पहिलो जितको खोजीमा छन्।

समूह इ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा मनाङ बंगलादेशि लिग च्याम्पियन अबहानी लिमिटेड ढाकासँग १-० ले पराजित भएको थियो।

उता यसै समूहको अर्को खेलमा चेन्नायीनले भारतकै अर्को क्लब मिनेर्भा पञ्जावसँग बराबरी खेलेको थियो।

त्यसैले अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायम राख्द दुवै टोलीका जितका लागि खेल्दैछन्।

चेन्नायीन एएफसी कप मा छनोट हुने पहिलो आइएसएल क्लब हो। भारतीय क्रिकेट टिमा पूर्व कप्तान तथा हाल इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सको कप्तानी गरिरहेका महेन्द्र सिंह धोनीको समेत लगानी छ यस क्लबमा। सन् २०१५ र २०१७-१८ मा आइएसएल जितेको चेन्नायीनको मालिक धोनीसँगै बलिउड अभिनेता अभिषेक बच्चन अनी भिता दानी हुन्।

अभिषेक, भिता र धोनी

मनाङ र चेन्नायीनबीचको खेल आज बेलुका नेपाली समयमअनुसार ७:४५ बजे अहमेदावदस्थित एरेना स्टेडियममा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell