PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गायक आनन्द कार्कीले ल्याए नयाँ गजल



पहिलोपोस्ट

गायक आनन्द कार्कीले ल्याए नयाँ गजल

काठमाडौं : गीतकार/गजलकार सुदन डोटेलले लेखको गजल संग्रह 'चुपचाप छौ तिमी'को लोकार्पण गरिएको छ।

संगीतकार शक्ति बल्लभ, राजु सिंह, गायक आनन्द कार्की, सीताराम पोखरेललगायतले उक्त संग्रह लोकार्पण गरेका हुन्।

'चुपचाप छौ तिमी'मा गायक आनन्दको स्वर छ। सरोज प्याकुरेलको संगीत रहेको गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन्।

गजलको भिडियोमा कलाकार श्रीदेव भट्टराई तथा सारिका घिमिरेको अभिनय छ। गायक आफै पनि भिडियोमा प्रस्तुत भएका छन्। भिडियोमा सुरेन्द्र श्रेष्ठको छायाँकन सुरेश राउतको सम्पादन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell