
काठमाडौँ : फिफा वर्ल्ड कप २०२२ र एएफसी एसियन कप २०२३ को लागि संयुक्त छनोटको रुपमा रहेको पहिलो चरणको एसियाली छनोटको ड्र सार्वजनिक भएको छ।
मलेसियाको क्वालालम्पुरमा बुधवार भएको ड्र अनुसार एसियाली क्षेत्रमा ३५ देखि ४६औँ वरीयतासम्म रहेका १२ राष्ट्रलाई समावेश गरिएको थियो।
एसियामा ३४औँ वरीयतामा रहेको नेपालले भने पहिलो चरणको छनोट खेल्नुपर्ने छैन। नेपालले यसपटक सिधै दोस्रो चरणको छनोट खेल्न पाउनेछ।
होम एण्ड अवेका आधारमा दुई लेगको खेलपछि पहिलो चरणबाट ६ टिम दोस्रो चरणको लागि छनोट हुनेछ। दोस्रो चरणमा १ देखनि ३४ओ वरीयतासम्म रहेका र पहिलो चरण पार गरेका ६ गरी ४० टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्छ।
पहिलो चरण छनोटमा खेलहरु जुन ६ र ११ मा हुनेछ।
पहिलो चरणमा मंगोलियाले ब्रुनाई, मकाउले श्रीलंका र लाओसले बंगलादेशसँग खेल्नेछ। यस्तै मलेसियाले टिमोर लेस्टे, कम्बोडियाले पाकिस्तान र भुटानले गुआमसँग खेल्नेछ।
दक्षिण एसियाबाट नेपालसहित भारत र माल्दिभ्सले सिधै दोस्रो चरणको छनोट खेल्नेछन्।
AFC Round 1 #WCQ draw:
— FIFA World Cup (@FIFAWorldCup) April 17, 2019
Mongolia 🇲🇳 v Brunei-Darussalam 🇧🇳
Macau 🇲🇴 v Sri Lanka 🇱🇰
Laos 🇱🇦 v Bangladesh 🇧🇩
Malaysia 🇲🇾 v Timor-Leste 🇹🇱
Cambodia 🇰🇭 v Pakistan 🇵🇰
Bhutan 🇧🇹 v Guam 🇬🇺
Matches to be scheduled to be played June 6 and 11
Read more 👉 https://t.co/cTCtYApsK5 pic.twitter.com/rQzC431PV1