PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

यू-१९ महिला फुटबल टिमको बिदाई, चीनमा तयारी गर्ने अनी म्यानमारमा क्वालिफायर खेल्ने



पहिलोपोस्ट

यू-१९ महिला फुटबल टिमको बिदाई, चीनमा तयारी गर्ने अनी म्यानमारमा क्वालिफायर खेल्ने

काठमाडौँ : थाइल्याण्डमा आयोजना हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको तयारीका लागि नेपाली यू-१९ महिला फुटबल चीन जाने भएको छ। चीनमा दुई अभ्यास खेल खेलेपछि नापली टोली थाइल्याण्ड जानेछ।

सरु लिम्बुको कप्तानीमा रहेको नेपाली टोलीलाई बुधवार एन्फाले बिदाई गरेको छ।

२३ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाका पदाधिकारीले बिदाई गरे।

नेपाली टोलीको मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठ छन्। नेपाली टोली आजै चीन प्रस्थान गर्नेछ। एन्फाका अनुसार नेपालको यू-१९ टोलीले चीनमा दुई अभ्यास खेल्नेछ।

र त्यतैबाट टोली म्यानमार जानेछ।

थाइल्याण्डमा दोस्रो चरणको छनोट अप्रिल २६ देखि ३० तारिख सम्म सञ्चालन हुनेछ। नेपालले समूह चरणमा बलिया टोलीहरु अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमारसँग खेल्नेछ।

 

नेपाली टोली:

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ

डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर

मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती

फरवार्ड : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell