PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

'पसिना'को ट्रेलरमा गौरव पहाडी र अनु शाह फिचर्ड



पहिलोपोस्ट

'पसिना'को ट्रेलरमा गौरव पहाडी र अनु शाह फिचर्ड

काठमाडौं :  फिल्म 'पसिना' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचार टार्गेट गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरी फिचर्ड छन्। फिल्ममा भने अन्य कलाकार सुरजनी केसी, शिव शंकर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय,जयनन्द लामालगायतको अभिनय छ।

फिल्मलाई आर. बि खत्रीले निर्देशन गरेका हुन्।

 फिल्ममा राम केसीको छायाँकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राघको संगीत,नविन निरौलाको सम्पादन, शिव बि.क र राजीब समरको नृत्य निर्देशन र देव महर्जनको द्वन्द्व छ। फिल्म वैशाख २७ गतेदेखि प्रदर्शनमा आउनेछ। गौरव अभिनित पछिल्लो फिल्म 'साइँली'ले दर्शकबाट  सकरात्मक प्रतिक्रिया बटुलेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell