PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

यूएई यू १९ विश्वकपमा छनोट, नेपालको लक्ष्य पूरा हुन सकेन



पहिलोपोस्ट

यूएई यू १९ विश्वकपमा छनोट, नेपालको लक्ष्य पूरा हुन सकेन

काठमाडौँ : युएईको यू-१९ क्रिकेट टिम अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ विश्वकपमा छनोट भएको छ।

मलेसियामा भइरहेको एसियन रिजनल छनोटमा सबै ५ खेल जित्दै युएई एसियाबाट छनोट भएको हो। राउण्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा युएईले बिहीवार ओमानलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो। ओमानले दिएको १०६ रनको लक्ष्य युएईले १२.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो। युएईको लागि साइद हैदरले नटआउट ५६ रन बनाउदा कप्तान आर्यन लाक्राले नटआउट ५१ रन बनाए।

युएईले यसअघि मलेसिया, नेपाल, कुवेत र सिंगापुरलाई पराजित गरेको थियो।

नेपाल र युएईबीचको खेल वर्षाका कारण प्रभावित भएपछि युएई डिएल मेथडमा १ रनले विजयी भएको थियो।

उता नेपालले अन्तिम खेलमा अहिले कुवेतसँग खेलिरहेको छ। कुवेतले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। लन्चअघिसम्म नेपालले ७ ओभर खेल्दै कुनै विकेट नगुमाई २७ रन बनाएको छ।

नेपालले सिंगापुर, मलेसिया र ओमानलाई पराजित गर्दा युएईसँग मात्र हार बेहोरेको थियो।

आठौँ पटक विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेपनि नेपालको प्रयास यस पटक सफल हुन सकेन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell