PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित, केही स्थानमा शंकास्पद वस्तु फेला



एम बम

बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित, केही स्थानमा शंकास्पद वस्तु फेला

कैलालीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण प्रदेशको मुख्य व्यापरीक केन्द्र धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजारसमेत पूर्ण रूपमा खुलेको छैन। 


यातायात नचल्दा यात्रुहरू मर्कामा परेका छन्। भारतबाट आएकाहरू गन्तव्य सम्म पुग्न नपाउँदा बसपार्कमै अलपत्र परेका छन्। ठूला सवारी साधनहरू नचलेपछि यात्रुहरूले हल्का सवारी साधनमा महँगो रूपमा यात्रा गर्न बाध्य भएका छन्। बन्दका कारण पहाडी जिल्लाको जनजीवन समेत प्रभावित भएको छ। 


विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला 


कैलालीका विभिन्न ठाउँमा फेला परेका शंकास्पद वस्तुहरू नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। हालसम्म जिल्लाको टीकापुर, लम्की, राजीपुर र अतरियाका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। 


ती सबै शंकास्पद वस्तुहरू निस्क्रिय पारिसकेको पनि प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले भने ‘अत्तरियामा बिहान शंकास्पद वस्तु फेला परका थियौं। सबै निष्क्रिय पारिसकेका छौ।’ उनले ती वस्तुहरू बम नभई तर्साउनका लागि राखिएका वस्तु भएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell