PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बलात्कारको आरोप लागेका आलोक नाथलाई फिल्ममा लिँदा अजय देवगनविरुद्ध खनिइन् तनुश्री दत्त



पहिलोपोस्ट

बलात्कारको आरोप लागेका आलोक नाथलाई फिल्ममा लिँदा अजय देवगनविरुद्ध खनिइन् तनुश्री दत्त

बलिउड अभिनेता अजय देवगनले गर्ने नयाँ फिल्म हो 'दे दे प्यार दे'। फिल्मको मुख्य भूमिकामा अजयसँगै कलाकार आलोक नाथको अभिनय छ। फिल्मका निर्माण टिम र आलोकविरुद्ध बलिउडमा आलोचना भएको छ।

भारतमा 'मिटू अभियान' चलिरहँदा आलोकविरुद्ध बलात्कारको आरोप नै लागेको थियो। बलिउडमा सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेसँगै चर्चित निर्देशक राजकुमार हिरानीको नाम 'एक लड्कीको देखा तो'बाट हटाइएको थियो। त्यस्तै, निर्देशक साजिद खानले पनि 'हाउसफूल ४'को निर्देशन गर्न पाएनन्। कलाकार नाना पाटेकरले पनि 'हाउसपूल ४' छोड्नु परेको थियो।

सेक्सुअल ह्यारेसमेन्टको आरोपमा परेका कोहीले पनि फिल्मकर्ममा स्वागत पाएका छैनन्। तर, 'दे दे प्यार दे'मा भने आलोकलाई अनुबन्धित गरेसँगै बलिउडमा मिटू अभियान सुरु गर्ने तनुश्री दत्तले अजय र निर्माण टिमको बिरोधमा खडा भएकी छिन्।

तनुश्रीले खुल्ला पत्र लेख्दै निर्माण टिमको विरुद्धमा बोलेकी छिन्।

'मिटू अभियानको समयमा अजयले सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेका कोहीसँग काम नगर्नु भन्ने सन्देशमा ट्वीट लेखेका थिए। तर, उनैले अहिले आलोकलाई इन्डस्ट्रीमा कमब्याकको अवसर दिएका छन्। यसले बलिउडका हिरोहरु जिरो हुन् भन्ने प्रभाणित गर्दैन र? उनले खुल्ला पत्रमा उल्लेख गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell