PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विश्वकपका लागि श्रीलंकाली टोली घोषणा, ठूला नाम परेनन्, दिमुथलाई कप्तानको जिम्मेवारी



पहिलोपोस्ट

विश्वकपका लागि श्रीलंकाली टोली घोषणा, ठूला नाम परेनन्, दिमुथलाई कप्तानको जिम्मेवारी

आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि श्रीलंकाली टोली घोषणा भएको छ।

टेष्ट टिमका कप्तान दिमुथ करुणारत्नेलाई कप्तान बनाउँदै १५ सदस्यीय टोली घोषणा भएको हो। तर टोलीमा ठूला नामका रुपमा रहेका दिनेश चाण्डिमल, अलिका धनन्जय, उपुल थरंगा, निरोसन डिक्वेला जस्ता खेलाडी अटाउन सकेनन्।

१२औँ संस्करणको विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुँदैछ।

श्रीलंकन टोली :

दिमुथ करुणारत्ने (कप्तान), एन्जेलो म्याथ्युज, लाथिस मलिंगा, कुशल परेरा, लहिरू थिरिमाने, अविष्का फर्नांडो, कुशल मेन्डिस, धनन्जय डी शिल्भा, जेफ्री वान्डरसे, थिसारा परेरा, इसुरु उदाना,.सुरुङ्गा लकमल, नुवान प्रदिप, जीवन मेन्डिस, मिलिंडा सिरिवर्दैना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell