PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा, मोहम्मद आमिर परेनन्



पहिलोपोस्ट

विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा, मोहम्मद आमिर परेनन्

आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली घोषणा भएको छ।

सर्फ्राज अहेमदको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा फास्ट बलर मोहम्मद आमिर र उसमान सेनवारी भने अटाएनन्। मोहम्मद हासनेन र अबिद अली भने १५ सदस्यीय टिममा पर्न सफल भएका छन्।

१२औँ संस्करणको विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुँदैछ।

 

पाकिस्तानी टोली:

सर्फ्राज अहेमद (कप्तान), अबिद अली, बाबर अजाम, फहिम असरफ, फकर जमन, हरिस सोहेल, हसन अली, इमाद वासिम, इमाम उल हक, जुनैद खान, मोहम्मद हाफिज, मोहम्मद हासनेन, शदाब खान, शाहिन साह अफ्रिदी, सोएब मल्लिक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell