
आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा भएको छ।
फाप डु प्लेसिसको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा हासिम अमलाले पनि स्थान बनाएका छन्। यस्तै विश्वकपपछि सन्यास लिने घोषणा गरिसकेका इमरान ताहिर पनि टोलीमा समावेश छन्।
१२औँ संस्करणको विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुँदैछ।
दक्षिण अफ्रिकी टोली:
फाप डु प्लेसिसि (कप्तान), अइडेन मारक्राम, क्वेन्टन डे कक, हासिम अमला, रसी भान डेर डुसेन, डेविड मिलर, एन्डिल फेलुकवायो, जेपि डुमिनी, ड्वाइने प्रेटोरिओस, डेल स्टेन, कगिसो रबाडा, लुंगी एनगिदी, एनरिच नोर्तेज, इमरान ताहिर, ताब्रेज शाम्सी