PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएलः मुम्बई दोस्रो स्थानमा, दिल्ली ४० रनले पराजित



पहिलोपोस्ट

आइपीएलः मुम्बई दोस्रो स्थानमा, दिल्ली ४० रनले पराजित

काठमाडौँः इन्डियन क्रिकेट लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्पाटिललाई ४० रनले पराजित गरेको छ। 


टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरका ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। १६९ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा १२८ रनमात्र बनाउन सक्यो। 

मुम्बईका लागि कुर्नाल पाण्ड्याले ३७ रन बनाउँदा कप्तान रोहित शर्माले ३० तथा क्विन्टन डि’ककले ३५ रन जोडे। 

जवाफी ब्याटिङ गरेको दिल्लीका लागि ओपनर शिखर धवनले सर्वाधिक ३५ रन बनाए। यस्तै, अक्षर पटेलले २६ रन बनाए। 

बलिङतर्फ दिल्लीका कागिसो राबडाले दुई विकेट लिए। यस्तै, मुम्बईका राहुल चाहरले तीन विकेट लिए। 

जितसँगै दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। ९ खेलबाट दिल्लीको १२ अंक छ। समान खेलबाट १४ अंक जोड्दै चेन्नाई सुपर किंग्स पहिलो स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell