PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

फ्राइडे रिलिजमा विवादित फिल्म 'कलंक'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा विवादित फिल्म 'कलंक'

यो साता शुक्रबार प्रदर्शन अन्तर्गत बलिउड फिल्म 'कलंक' नेपाल प्रदर्शनमा छ। प्रतिक्षित यो फिल्म भारतमा बुधबार रिलिज भएको हो।

नेपालमा भने शुक्रबार रिलिजको नियमविरुद्ध रिलिज अनुमति नदिने भन्दै चलचित्र विकास बोर्डले बुधबार प्रदर्शन रोक्यो। त्यसैले फिल्म शुक्रबार प्रदर्शनमा आएको हो। पछिल्लो समय यसै कारण फिल्म विवादमा पनि तानिएको थियो। 

अभिषेक वर्मन निर्देशित यो फिल्म मल्टिस्टारर फिल्म हो। फिल्ममा माधुरी दिक्षित, संजय दत्त, आलिया भट्ट, वरुण धवन, आदित्य रोय कपुर, सानाक्षी सिन्हाको मुख्य अभिनय छ। भारतमा समिक्षात्मक हिसाबले फिल्म अपेक्षित बन्यो।

फिल्मले नेपाली मल्टिप्लेक्समा भने कब्जा नै गरेको छ। अधिकांश सोहरुमा दर्शकको राम्रो अकुपेन्सी देख्न सकिन्छ। भारतीय दर्शकलाई निराश बनाएको यस फिल्मले नेपालबाट दर्शकको साथ कस्तो पाउला?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell