PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

चकलेटी नायक आर्यन सिग्देललाई पुत्र लाभ



पहिलोपोस्ट

चकलेटी नायक आर्यन सिग्देललाई पुत्र लाभ

काठमाडौं : चकलेटी नायक आर्यन सिग्देललाई पुत्र लाभ भएको छ।

वैशाख ६ गते बिहे गरेका आर्यन र सपना भण्डारीले उक्त मितिमा नै पुत्र लाभ पाएका हुन्। निर्देशक अमरदीप सापकोटाले समाजिक सञ्जाल फेसबुकमा आर्यनले छोरो काखमा लिँदै गरेको तस्वीर सार्वजनिक गरेका छन्। 

चिरायु नेश्नल अस्पतालमा सपनाले २.९ केजी तौलको छोरा जन्माएकी हुन्। डाक्टर विनिता बस्नेतको टिमले उनको सिजेरियन डेलिभरी गराएको हो।

 

सफल कमब्याकको तयारीमा रहेका आर्यनको पछिल्लो फिल्म 'कायरा' हो। उनी अहिले सामतेन भुटिया निर्देशित 'च च हुँई'को सुटिङमा व्यस्त थिए। 

२०७१ मा आर्यन र सपनाले विवाह गरेका थिए।  बुवा बनेका आर्यनलाई बधाई दिनेहरुको ओइरो छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell