PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

धर्म निरपेक्षताको पर्चा यसरी जलाए कमल थापाले, दर्जन कार्यकर्ता पक्राउ पर्दा जोगिए अध्यक्ष, फोटोमा हेर्नुस्

धर्म निरपेक्षताको पर्चा यसरी जलाए कमल थापाले, दर्जन कार्यकर्ता पक्राउ पर्दा जोगिए अध्यक्ष, फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै प्रदर्शन गरेको छ। सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्। अध्यक्ष थापालाई भने सुरक्षागार्डले पक्राउ पर्नबाट जोगाए। प्रदर्शनमा उनीहरुले  आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही पर्चा प्रदर्शनमा जलाएका हुन्।

बिदेशीको दबाव र प्रभावमा आएको 'धर्मनिरपेक्षता' खारेज गर्न दबाव सिर्जना गरौं! भन्दै राप्रपाले प्रदर्शन गरेको हो। राप्रपाले हिन्दु राष्ट्रको पुनर्स्थापना गर्न माग गर्दै हस्ताक्षर अभियानदेखि विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell