PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

'झुमा झुमा'को आकर्षणमा 'ट्वीनी गर्ल्स'



पहिलोपोस्ट

'झुमा झुमा'को आकर्षणमा  'ट्वीनी गर्ल्स'

काठमाडौं : 'झुमा झुम्केवाली'को सफलतापछि गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन्। सार्वजनिक भएको नयाँ गीतको बोल हो 'झुमा झुमा'।

म्यूजिक भिडियोको आकर्षणको केन्द्रमा टिकटकबाट चर्चामा आएका 'ट्वीनी गर्ल्स'(प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा) छन्। एक समय म्यूजिक भिडियोमा राज गरेका अभिनेता पल शाह पनि म्यूजिक भिडियोमा फिचर्ड छन्।

हिमांशु रायमाझीले लेखेको गीतमा भिम बिसीको संगीत छ। उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्। गीतलाई प्रमोदकै युट्युब एकाउन्टबाट सार्वजनिक गरिएको हो। प्रमोदका पछिल्ला 'चल बतास चल', 'लाइ देउन मायाले', 'यो कुरा गोप्य'लाई दर्शकले रुचाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell