PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

जीतगढी किल्लामा जाँदै प्रधानमन्त्री, शालिक अनावरणको कार्यक्रम



पहिलोपोस्ट

जीतगढी किल्लामा जाँदै प्रधानमन्त्री, शालिक अनावरणको कार्यक्रम
प्रम ओलीको फाइल फोटो।

बुटबल : प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन्।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ। तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ। सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ।

१८७२ सालमा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो। नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ। सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आजै दिउँसो ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell