
सुर्खेत: व्यक्तिगत सहयोगीका रुपमा कर्णाली प्रदेशसभा सदस्यहरुले संसद बैठकमा स्वकीय सचिवको माग गरका छन्। आफू (सांसद) एक्लै भएकाले धेरै ठाउँमा जानुपर्ने र कति काम गर्न नभ्याईने भन्दै स्वकीय सचिवको माग गरेका थिए।
सोही बमोजिम एक जना सुब्बा सरहको सेवा सुविधा दिने गरी स्वकीय सचिव राख्ने निर्णय भई कार्यान्वयन भयो। तर, प्रदेश सभा सदस्यका स्वकीयहरु भूमिका विहिन भन्दा फरक देखिएका छैनन्। सेवा सुविधा लिनकै लागि नाममात्रका स्वकीय सचिव नियुक्त गरेका छन्।
स्वकीयको भूमिका अहिलेसम्म कसैले पनि गरेको देखिदैन। अधिकांश सांसदका स्वकीय पनि आफूसँगै छैनन् भने, कतिपय सांसदका स्वकीय प्रदेश बाहिर। कोही अध्ययनको सिलसिलामा छन्। कतिपय कामको सिलसिलामा बाहिर छन्। तिनले स्वकीयको भूमिका कसरी निर्वाह गर्न सक्लान्?
(4).jpg)
स्वकीयको खातामा तीन करोड बढी
कर्णाली प्रदेशमा सात मन्त्री, सभामुख, उपसभामुख, र ३१ सांसद रहेका छन्। सभामुखदेखि प्राय सवै सांसदले स्वकीय सचिव नियुक्त गरिसकेका छन्। नियुक्ती मात्रै हैन गत मंसिरदेखि सेवा सुविधा समेत सोझै उनीहरुको खातामा जाने गरेको छ। कर्णाली प्रदेशसभा सचिवालयका अनुसार प्रत्येक सांसदको स्वकीय सचिवलाई सुब्बा सरहको सेवा सुविधा दिने गरेको छ। सचिवालयका लेखा अधिकृत यामबहादुर विसीका अनुसार २३ हजारका दरले गएको मंसिरदेखि चैत मसान्तसम्म झण्डै चार करोड गएको छ।
‘चार जना माननीयबाहेक सबै माननीयको स्वकीय सचिव नियुक्त गर्न भएको छ,’ उनले भने,‘अहिलेसम्म एक जनाको खातामा एक लाख १० हजार २०७ रुपैयाँ (कर कट्टी) गएको छ।’
यसरी हेर्दा पाँच महिनाको अवधिमा ३ करोड बढी रुपैयाँ सांसदको स्वकीय सचिवको खातामा जम्मा गरिएको छ।
यी हुन् सुविधा नलिएका चार सांसद
अहिलेसम्म स्वकीय सचिवको सेवा सुविधा नलिने सांसद चार जना रहेका छन्। जसमध्ये जाजरकोटकी कृष्णा शाह, सल्यानका गुलावजंग शाह, दैलेखका सुशिलकुमार थापा, चन्द्रबहादुर शाही रहेका छन्।
सांसद शाहले स्वकीय राखेर पनि सुविधा लिएकी छैनन्। उनले यस अघि नै स्वकीय सचिवमा अस्मिता शाहलाई नियुक्त गरेकी थिईन् तर, अहिलेसम्म अस्मिताको खातामा भुक्तानी नगरिएको संसद सचिवालयले जनाएको छ।
त्यस्तै, सांसद गुलाव जंग शाहले भर्खर मात्रै स्वकीय नियुक्त गरेका छन् भने, सांसद सुशीलकुमार थापा र चन्द्रबहादुर शाहीले अहिले सम्म स्वकीय नियुक्त गरेका छैनन् ।
कसको स्वकीय को?
राजबहादुर शाही (सभामुख) स्वकीय –अमर बहादुर शाही
पुष्पा घर्ती विष्ट –उपसभामुख) स्वकीय – गंगाराम विक
सांसद स्वकीय
अमृता शाही –सञ्जय पोखरेल
अमरबहादुर थापा –ओमजंग थापा
करविर शाही –मोतिलाल वली
कुर्मराज शाही –अम्मरराज सेजुवाल
कौशिलावती खत्री –प्रेमकुमारी मल्ल
गणेश प्रसाद सिंह –धर्मराज सिंह
गोपाल शर्मा –खुमबहादुर खड्का
जीवनबहादुर शाही –राजबहादुर रोकाया
झोवा विक –पेमा छिरिङ विक
ठम्मरबहादुर विष्ट –टिकाराम गिरी
दानसिं परियार –खेमबहादुर रावल
दीबन्धु श्रेष्ठ –दिपकराज विसी
देवी ओली –मिश्रिलाल पुन
पदमबहादुर रोकाया –अमर बहादुर रोकाय
धर्मराज रेग्मी –खेमराज विसी
पदमा खड्का –किशोर बस्नेत
बदमी क्वारी बोहोरा –अनिता खत्री
बिन्दमान विष्ट –आनन्द बहादुर विष्ट
विरबहादुर शाही –जित बम ठकुरी
मिनासिंह रखाल –लक्ष्मी कुमारी कार्की
यज्ञबहादुर विसी –खिमबहादर बयक
यामलाल कंडेल –चुर्नभुज शाही
राजु नेपाली –सनम परियार
रातो कामी –कर्णबहादुर नेपाली
सीताकुमारी नेपाली –डिलबहादुर नेपाली
सोशीला शाही –भरत बहादुर बुढा
हिमबहादुर शाही –लालबहादुर शाही