PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएलः पञ्जाबमाथि दिल्लीको पाँच विकेटको जीत



पहिलोपोस्ट

आइपीएलः पञ्जाबमाथि दिल्लीको पाँच विकेटको जीत

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। किंग्स एलेभेन पञ्जाबलाई पाँच विकेटले पराजित गर्दै दिल्ली विजयी भएको हो।

जीतसँगै दिल्लीको १२ अंक भएको छ। समान अंक भए पनि अंकतालिकामा रनरेटका आधारमा मुम्बई दोस्रो स्थानमा छ। दिल्ली तेस्रो स्थानमा रहेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरका ७ विकेट गुमाउँदै १६३ रन जोडेको थियो। पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रनको योगदान दिए। मन्दीप सिंहले ३० रन जोडे।

१६४ रनको लक्ष्य पछ्याएको दिल्लीले कप्तान श्रेयस अय्यरको नटआउट ५८ रनको मद्दतले दुई बलअघिनै खेल जित्यो। दिल्लीका लागि ओपनर शिखर धवनले ५६ रन जोडे।

बलिङतर्फ दिल्लीका सन्दीप लामिछानेले ३ विकेट लिए। कागिसो रबाडाले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell