PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सर्वोच्चमा नियुक्त पाँच न्यायाधीशको आज शपथ



पहिलोपोस्ट

सर्वोच्चमा नियुक्त पाँच न्यायाधीशको आज शपथ

काठमाडौँः सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच न्यायाधीशको शपथ आज हुँदैछ। राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच न्यायाधीशहरुको शपथ हुँदैछ। बिहान १० बजे शपथको समय तोकिएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्यायाधीशहरुले शपथ लिनेछन्। 

संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन। 

सर्वोच्चमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई न्यायाधीशमा नियुक्त गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell