PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नवनियुक्त पाँच न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास



पहिलोपोस्ट

नवनियुक्त पाँच न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पाँच न्यायाधीशलाई इजलास तोकेका छन्। आइतबार बिहान पद तथा गोपनीयताको शपथपछि न्यायाधीशहरुको पेसी तोकिएको हो।

पाँच न्यायाधीशलाई यसअघि कार्यरत सिनियर न्यायाधीशको नेतृत्वमा संयुक्त इजलासमा पेसी तोकिएको छ। नवनियुक्त न्यायाधीश मनोजकुमार शर्मालाई दीपककुमार कार्कीसँग पेसी तोकिएको छ। पेसी तोकिएको १ नम्बर इजलासमा २५ मुद्दा छन्।

यस्तै, न्यायाधीश हरि प्रसाद फुयाँललाई केदार चालिसेसँग पेसी तोकिएको छ। २ नम्बर इजलासमा तोकिएको पेसीमा ४२ मुद्दा छन्।

न्यायाधीश मीरा खड्कासँग नवनियुक्त न्यायाधीश कुमार रेग्मीको पेसी तोकिएको छ। नवनियुक्त न्यायाधीश सुष्मालता माथेमालाई तेजबहादुर केसीसँग इजलास तोकिएको छ।

न्यायाधीश सपना प्रधान मल्लसँग नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको पेसी तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell