PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पर्दामा फर्किए अभिनेता सौगात मल्ल



पहिलोपोस्ट

पर्दामा फर्किए अभिनेता सौगात मल्ल

काठमाडौं : अभिनेता सौगात मल्ल फिल्म 'राम राम'मा अनुबन्धित भएका छन्। हालै, उनी 'पोई पर्‍यो काले'मा अनुबन्धित भएका थिए।

'राम राम'लाई भने सुवर्ण थापाले निर्देशन गर्नेछन्। सौगात र सुवर्णले भने यसअघि 'फन्को' गरेका थिए। डाइमोण्ड स्टार फिल्मस्को ब्यानरमा निर्माण फिल्ममा दिनेश महतको कथा/पटकथा रहनेछ।

फिल्मका लागि अन्य कलाकार फाइनल भइसकेका छैनन्। फिल्म असोजबाट छायाँकनमा जाने बताइएको छ। सौगातले यसअघि 'लालपूर्जा'मा अभिनय गरेका थिए। लामो समयको ग्यापपछि अभिनेता मल्ल पर्दा देखिने भएका हुन्। 

उनी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग प्रेम सम्बन्धमा छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell