काठमाडौं : फिल्म 'कप्स'को नयाँ गीत सार्वजनिक भएको छ। आगामी जेठ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'सुन्दरी देखेर आँखा सन्कियो'बोलको गीत सार्वजनिक भएको हो।
सुरेन्द्र रानाको शब्द रहेको गीतमा मिना निरौला र स्वयम्भुराज शाक्यको स्वर छ। गीतको भिडियोमा रिया प्रधानसँगै फिल्मका मुख्य अभिनेता अनुपबिक्रम शाही फिचर्ड छन्।
सम्राट सापकोटा निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
फिल्ममा अनुपसँगै सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ। आर्या मूभिज र सारा श्री मूभिजले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, विपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन छ।