PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

जेठ ३ मा 'जात्रै जात्रा'



पहिलोपोस्ट

जेठ ३ मा 'जात्रै जात्रा'

काठमाडौं : 'जात्रा'लाई दर्शकले रुचाएपछि निर्देशक प्रदीप भट्टराईले 'जात्रै जात्रा' निर्देशन गरे। फिल्म आगामी जेठ ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टीम फिल्मको प्रचारमा व्यस्त देखिन्छ। केहिदिनअघि मात्रै फिल्मको पोस्टर सार्वजनिक भएको थियो।

हालै, फिल्मको प्रचार टार्गेट गरेर नयाँ गीतसमेत सार्वजनिक गरिएको छ। अर्जुन भट्टराईले लेेखेको गीतमा कालीप्रसाद बासकोटाको संगीत र स्वर छ। 

फिल्मका मुख्य कलाकार विपिन कार्कीको बाइक दुर्घटानपछि फिल्मको छायाँकन पछिल्लो समय केहीसमयका लागि स्थगित गर्नु परेको थियो। तर, विपिन हिँड्न सक्ने भएपछि फिल्मको छायाँकन अघि बढेको थियो। 

फिल्ममा विपिनसँगै रविन्द्र झा, रविन्द्र सिंह बानिया, दया हाङ राई र वर्षा राउतको अभिनय छ। निर्देशक प्रदीपले यसअघि 'सत्रुगते' निर्देशन गरेका थिए। फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell