PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

निर्माता र निर्देशकको इन्गेजमेन्ट



पहिलोपोस्ट

निर्माता र निर्देशकको इन्गेजमेन्ट

काठमाडौं :  'इन्टु मिन्टु लण्डनमा'बाट निर्देशनमा डेब्यू गरेकी कोरियोग्राफर रेनशा वान्तवा राईले फिल्मकै निर्माता प्रज्वल सम्सेर जबरासँग इन्गेजमेन्ट गरेकी छिन्।

रेनशा र प्रज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए। रेनशा आफैले मिडियामा प्रज्वलसँगको प्रेम सम्बन्धबारे खुलाएकी थिइन्। हालै, उनीहरुले मिडियामा चाँडै बिहे गर्ने बताएका थिए। अहिले उनीहरुका इन्गेजमेन्टका तस्वीर सामाजिक सञ्जालमा देख्न सकिन्छ।

तस्वीरमा रेनशाले हरियो गाउन र रातो घुम्टो पहिरिएको देखिन्छ। प्रज्वलले भने गोल्डेन कलरको दौरा सुरुवाल लगाएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell