PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

स्वारापछि कन्हैया कुमारको प्रचारमा बेगुसराई पुगे प्रकाशराज



पहिलोपोस्ट

स्वारापछि कन्हैया कुमारको प्रचारमा बेगुसराई पुगे प्रकाशराज

बिहारको बेगसराईबाट लोकसभा चुनावमा लडिरहेका युवा नेता कन्हैया कुमारलाई 'वीरे दी वेइडिङ' अभिनेत्री स्वारा भास्करले साथ दिँदै आएकी छिन्।

उनले आफ्नो जन्मदिन पनि चुनावी अभियानमा कन्हैयासँगै मनाएकी थिइन्। अहिले कन्हैयाको पक्षमा अर्का बलिउड कलाकार उभिएका छन्। 'दबंग' अभिनेता प्रकाशराज कन्हैयाको पक्षमा छन्। उनले हालै, बेगुसराईमा पुगेर कन्हैयाका लागि प्रचारसमेत गरेका थिए।

सामाजिक सञ्जालतिर पनि उनले कन्हैयाको प्रचार गरेका छन्। उनले आफू कन्हैयाको पक्षमा उभिनु गर्वको कुरा रहेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

'कन्हैयासँग चुनावका लागि सँगै हिँडेपछि मैले जनतामा आशा देखें। परिवर्तनको आश। जनताको आवाजमा शसक्तिकरण छ। म उनको पक्षमा हुन पाउँदा गर्व महशुस गर्छु' उनको ट्वीटमा उल्लेख छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell