PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पौडी : पहिलो दिन गौरिका, नाथन दोर्जे र डुआनालाई २-२ स्वर्ण



पहिलोपोस्ट

पौडी : पहिलो दिन गौरिका, नाथन दोर्जे र डुआनालाई २-२ स्वर्ण
फोटो : राखेप

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत आइतवारबाट सुरु भएको पौडीमा पहिलो दिन ८ स्वर्णको छिनोफानो भएको छ। २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको रुपमा भएको पौडीमा आज चार कीर्तिमान बने। यस्तै ओलम्पियन गौरिका सिंह, एनआरएनएका नाथन दोर्जे शेर्पा र एपीएफकी डुआना लामाले पहिलो दिन २-२ स्वर्ण जिते।

यसैगरी एपीएफका तेन्जिङ एन आर गुरुङ र शुभम श्रेष्ठले नयाँ कीर्तिमान सहित स्वर्ण जिते।

त्रिभुवन आर्मीबाट खेलिरहेकी गौरिका सिंहले ८०० मिटर फ्रिस्टायलमा ९ मिनेट ३९.२२ सेकेण्डका साथ स्वर्ण जितेकी हुन्। नेपागन्ज स्थित पौडी पोखरीमा हुने भनिएपनि उक्त पौडी पोखरी पूर्ण रुपमा तयार नभएपछि नेपालगन्जस्थित सिग्नेट होटलमा पौडीका खेलहरु भएका हुन्। जसमा रहेको २५ मिटर स्विमिङ पुलको सर्ट कोर्समा खेलाडीले प्रतिस्पर्धा गरेका हुन्।

सर्ट कोर्स भएका कारण गौरिकाले यस स्पर्धा नयाँ कीर्तिमान स्थापित गरेका हुन्।

यस्तै गौरिकाले ५० मिटर ब्याकस्ट्रोकको हिटमा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन्। फाइनलमा त्यसमा पनि सुधार गर्दै गौरिकाले नयाँ कीर्तिमान बनाइन्। हिटमा ३१.२२ सेकेण्डको कीर्तिमान बनाएकी गौरिकाले फाइनलमा ३०.८५ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन्।

यसैगरी पुरुषतर्फ ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले मिराज प्रजापतीको कीर्तिमान तोड्नै नयाँ कीर्तिमान बनाए। उनले ३२.८१ सेकेण्डमा दुरी पूरा गरेका थिए। यसअघि मिराजको नामम ३३.५७ सेकेण्डको कीर्तिमान थियो।

यसैगरी पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा शुभमले आफ्नै कीर्तिमान सुधार गरे। उनले यसअघि १ मिनेट ८.३४ सेकेण्डको कीर्तिमान राखेका थिए। यस पटक १ मिनेट ८.१५ सेकेण्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए।

पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको एनआरएनएको प्रतिनिधत्व गरेका नाथन दोर्जे शेर्पाले पुरुष ८०० मिटर फ्रिस्टायल र पुरुष २०० सय मिटर बटरफ्लाईमा स्वर्ण पदक जिते। ८०० सय मिटरमा दोर्जेले ९ मिनेट १७ सेकेण्डमा पूरा गरे। यस्तै २०० मिटर उनले २ मिनेट १८.१० सेकेण्डमा पूरा गरे।

यस्तै एपीएफकी डुआना लामाले महिला १०० मिटर ब्रेस्टस्ट्रोक र महिला २०० मिटर बटरफ्लाईमा स्वर्ण जितिन्। १०० मिटर ब्रेस्टस्ट्रोकले उनले १ मिनेट १८.९३ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्। यस्तै २०० सय मिटर २ मिनेट ४०.०९ सेकेण्डमा पूरा गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell