PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेकपाले टुङ्ग्यायो ७७ जिल्ला अध्यक्ष र सचिवको नाम, भोलि मध्याह्न १२ बजे प्रज्ञा भवनमा सार्वजनिक हुने



पहिलोपोस्ट

नेकपाले टुङ्ग्यायो ७७ जिल्ला अध्यक्ष र सचिवको नाम, भोलि मध्याह्न १२ बजे प्रज्ञा भवनमा सार्वजनिक हुने

काठमाडौँ : ने क पाको सचिवालय बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवहरुको नाम टुंगिएको छ। बालुवाटार मा केही बेर अगाडि सकिएको बैठकले जिल्ला नेतृत्व टुंगाएको हो।

भोलि सोमबार मध्याह्न १२ बजे प्रज्ञा भवनमा कार्यक्रम गरी नाम सार्वजनिक गर्ने कार्यक्रम छ।

सचिवालय बैठक अघि दुई अध्यक्ष छुट्टै बैठक बसी नाम टुंग्याएर सचिवालय बैठकमा प्रस्ताव पेश गरेका हुन्।

बैठकले सबै जिल्ला नेतृत्व टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए। 

यसअघि आज बिहान शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको थियोे। बैठकले पार्टीको एक व्यक्ति एक पदको नीतिमा कम्प्रोमाइज गर्ने गरी नेतृत्व टुंगाउने सहमति जुटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell