PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रेश्मा प्रसाईं बनिन् 'मिस नर्स'



पहिलोपोस्ट

रेश्मा प्रसाईं बनिन् 'मिस नर्स'

काठमाडौं :   'मिस नेपाल पिस २०१९' (मिस नर्स) छैठौं संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छिन्। २२ वर्षिया प्रसाईंले ओम हेल्थ कलेजबाट बिएससी सकाएकी हुन्।

उनले शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधि जितेकी हुन्। उनले उपहारमा नगद रु ५० हजार प्राप्त गरेकी हुन्। प्रतियोगितामा रोशनी शाही फस्ट रनर्स अपसहित फोटोजेनिक, आकृति मानन्धर सेकेन्ड रनर्स अप भए।

दुवैले क्रमश नगद ३० हजार र २० हजार उपहारमा पाए। प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी थियो।

प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डि.सी. वेष्ट वाक, प्रिति सुनामा वेष्ट नर्सिङ थिम ड्रेस, सन्ध्या ओझा मोस्ट डिसिप्लीन, अनिता बस्नेत पब्लिक च्वाइस, नबिना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता भए।

प्रतियोगितामा २५ जना नर्स सुन्दरीहरु सहभागि थिए। पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष के.सी सो स्टपरका रुपमा रनवे प्रस्तुत भएका थिए।

प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाईं र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोशिश क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीइओ तेयन शर्मा थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell