PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अखिलेश प्रधान - 'पहिलो पटक नेपाली गीतमा नाचें'



पहिलोपोस्ट

अखिलेश प्रधान - 'पहिलो पटक नेपाली गीतमा नाचें'

काठमाडौं : साउन ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म 'हजार जुनीसम्म'को नयाँ गीत सार्वजनिक भएको छ। संगीतकार राजनराज सिवाकोटीले लेखेको 'एमजी रोडैमा'बोलको गीत सार्वजनिक भएको हो।

गीतमा राजनराजसँगै गायिका मेलिना राईको स्वर छ। गीतलाई पछिल्लो समय सिक्किममा भएको इनास अवार्डमा जाँदा राजनले यो गीत लेखेको बताए। उनले भने 'अवार्डका लागि सिक्किम पुग्दा एमजी रोडतिर पनि गइयो। रोड पनि यति सफा थियो कि गीतका शब्द नै कोरें।'

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, सलोन बस्नेत, नव- अभिनेता अखिलेश प्रधान फिचर्ड छन्। यो अखिलेशको डेब्यू फिल्म हो। सिक्किमका अखिलेशले पहिलो पटक नेपाली गीतान नाच्न पाउँदा खुशी व्यक्त गरे। 'पहिलो पटक हो नेपाली गीतमा नाचेको। कोरियोग्राफर कविराजगहतराजले डान्स स्टेप सिकाउनु भयो। फिल्ममा नेपाली डाइलग डेलिभरीमा पनि गाह्रो भयो' उनले भने। 

गीत खिच्न ६ दिन लागेको स्वस्तिमाले जनाइन्। बिकासराज आचार्य निर्देशित फिल्ममा अभिनेत्री प्रियंका कार्की र आर्यन सिग्देलको पनि मुख्य भूमिका छ। फिल्ममा धेरै गीतहरु समावेश रहेको प्रियंकाले बताइन्। 

बिशाल चाम्लिङको कथामा बनेको फिल्ममा बिकासराज, सामिप्य तिमेल्सिनाको संवाद/पटकथा छ। फिल्ममा अर्जुन जिसीको सम्पादन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell