PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

आइपीएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा



पहिलोपोस्ट

आइपीएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स् इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। गएरातिको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दौ दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा रहेको चेन्नाइको समान १४ अंक भए पनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा छ। दिल्लीभन्दा चेन्नाइले एक खेल कम खेलेको छ। दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ। चेन्नाइको १० खेलबाट १४ अंक छ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले अजिन्क्या राहणेको नटआउट १०५ रनको मद्दतले ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। राजस्थानका लागि कप्तान स्टेभन स्मिथले ५० रनको योगदान दिए। यस्तै स्टुवार्ट बिन्नीले १९ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।

१९२ रनको लक्ष्य पछ्याएको दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनरद्वय शिखर धवन र पृथ्वी श’ले क्रमशः ५४ र ४२ रनको योगदान दिए। कप्तान श्रेयस अय्यर चार रनमा आउट हुँदा रिषव पन्तले नटआउट ७८ रनको योगदान दिए। पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गरे। 

बलिङतर्फ दिल्लीका कागिसो रबाडाले २ विकेट लिए। यस्तै, राजस्थानका श्रेयस गोपालले पनि २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell