PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

के 'तेरे नाम'को सिक्वेलमा दोहोरिएलान् सलमान खान?



पहिलोपोस्ट

के 'तेरे नाम'को सिक्वेलमा दोहोरिएलान् सलमान खान?

सलमान खान अभिनित 'तेरे नाम'को सिक्वेल बनाउने तयारीमा छन् निर्देशक सतिष कौशिक।

प्रदर्शनको १६ औं वर्षपछि फिल्ममाथि सिक्वेल बन्ने घोषणा भएको हो। यो महिनाको अन्यतिर नै फिल्म छायाँकनमा जाने बलिउड हंगामाले उल्लेख गरेको छ।

फिल्ममा सलमान नै मुख्य भूमिकामा देखिन सक्ने बताइएको छ। यद्यपि फिल्मका मुख्य कलाकार अझै फाइनल भएका छैनन्। सन् २००३ को यो फिल्म सलमानको करियरको टर्निङ पोइन्ट थियो।

फिल्मका गीतहरु त्यतिखेर निकै चर्चामा थिए। सलमानको लामो कपालको लुकलाई दर्शकले पछिसम्म नै पछ्याइरहे। सिक्वेलले नयाँ लभ स्टोरी देखाउने निर्माण टिमको दाबी छ।

फिल्मले उत्तर भारतको ग्याङस्टार प्रेम कहानी समेट्ने बताइएको छ। सलमान यतिखेर 'दबंग ३'को मध्य प्रदेशतिरको छायाँकनमा सकेर 'भारत'को प्रचारमा व्यस्त छन्। त्यस लगतै उनी संजयलीला भन्सालीको निर्देशनमा बन्ने 'इन्साल्लाह'मा आवद्ध हुनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell