PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

राजतन्त्रको कुरा गर्ने कांग्रेस नेताप्रति कडा प्रधानमन्त्री राजतन्त्र माग्दै आन्दोलनरत राप्रपासँग वार्तामा!



विधुर ढकाल

राजतन्त्रको कुरा गर्ने कांग्रेस नेताप्रति कडा प्रधानमन्त्री राजतन्त्र माग्दै आन्दोलनरत राप्रपासँग वार्तामा!

काठमाडौं : हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस माथि धावा बोल्दै 'राजतन्त्र'सँग कुम जोड्दै हिँडेको आरोप लगाए। लोकतन्त्रमा जन्मजात शासक हुने प्रणाली नभएको भन्दै राजतन्त्र माग्नेहरु प्रति कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै आज राजसंस्थाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै वार्तामा बसेको छ।

हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपासँग सरकारले आज वार्ता गरिरहेको छ। वार्ता सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा १ बजेबाट सुरु भएको छ।

अध्यक्ष कमल थापाको नेतृत्वमा बालुवाटार पुगेर राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।

त्यसपछि राप्रपा चरणवद्ध रुपमा आन्दोलनमा रहेको छ। राप्रपाको आन्दोलनका क्रममा काठमाडौंमा झडपसमेत भएको थियो।

पहिलो चरणको आन्दोलन गरिसकेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो। वार्तामा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट दीपक बोहोरासहितका नेताहरु रहेका छन्। राप्रपाको वार्ता टोलीमा सांसद राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापासमेत रहेका छन्।

हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयताबारे जनमतसंग्रह लगायतका माग राखेर राप्रपा गत फागुन ७ गतेदेखि आन्दोलनमा छ। फागुन ७ मा राजतन्त्र माग्न बालुवाटार पुगेका थापालाई शुभकामना दिँदै माग पुरा गराउन आन्दोलन गरिरहन सुझाब दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell