PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

प्राविधिक र विराज भट्टबीच हात हालाहाल, नेफ्टाले मिलायो झगडा



पहिलोपोस्ट

प्राविधिक र विराज भट्टबीच हात हालाहाल, नेफ्टाले मिलायो झगडा

फिल्मका लागि कलाकार अनुबन्धन गर्ने क्रममा झगडा पर्‍यो। सोमबार साँझ फिल्म 'साङ्लो' प्राविधिक शंकर पाण्डे र अभिनेता विराज भट्टबीच हात हालाहाल भएको हो। मङ्गलबार दुबै पक्षले आफूहरुबीच सहमती भएको बताएका छन्।

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का अध्यक्ष पुष्कर लामाले संघले दुबै पक्ष बोलाइ वार्ता गराएको हो। वार्तामा दबै पक्षले आर्थिक कारोबारको विषयलाई झगडाको विषय भएको बताएका थिए। लामाले भने,'दुई पक्षलाई नेफ्टाको रोहबरमा बोलाएर सहमती गराइयो। पाण्डेसँग विराजले माफी मागे।'

उनका अनुसार लेनदेनका क्रममा प्राविधिक माथि पहिलोपटक हात हालिएको हो।

वार्तासँगै पाण्डेले फिल्म निर्माणबाट हात झिकेका छन्।

फागुनबाट छायांकनका लागि फिल्डमा उत्रने भनिएको फिल्म बारे कुनै जानकारी थिएन। एकाएक अभिनय साथै निर्माण, निर्देशन समेत गर्ने भनिएको विराज र पाण्डेबीचको झगडाले साङ्लोलाई चर्चामा ल्याएको छ।

फिल्ममा पूर्व मिस नेपाल नीकिता चाण्डक फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell