PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आठौं राष्ट्रिय खेलकुद : सुटिङ १० मिटर एयर राइफलमा सुस्मिताको नयाँ कीर्तिमान



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुद : सुटिङ १० मिटर एयर राइफलमा सुस्मिताको नयाँ कीर्तिमान

बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

सुस्मिताले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन्। २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेश्रो भइन्।

नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए। उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोश्रो तथा १९६ अंक जोडेका आर्मीका सुशे चौधरी तेश्रो भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell