
काठमाडौँः सात किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले केरुङ नाकाबाट सुन ल्याउँदै गरेको अवस्थामा टिमुरे घट्टे खोला नजिकै रोकि राखेको अवस्थामा रसुवा नौकुण्ड गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय शेर ग्वाबो घलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।
घलेलेले स्याउ बोक्ने कन्टेनरमा सुन लुकाएर ल्याएका थिए। 'क्याबिनमा फल्स बटम बनाएर बत्ती बनाएर राखेको अवस्था चेक गर्दा भेटिएको हो।' निरीक्षक भण्डारीले भने।
सात किलो सुनको बजार मूल्य करिब ३ करोड ५० लाख भन्दाबढी पर्छ। प्रहरीले गएको एक वर्षभरिमा मात्र ८० किलो अवैध सुन बरामद गरिसकेको छ।