PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पुरुष फुटबल : विभागीय डर्बीमा एपीएफलाई हराउँदै पुलिस फाइनलमा, स्वर्णका लागि आर्मीसँग खेल्ने



पहिलोपोस्ट

पुरुष फुटबल : विभागीय डर्बीमा एपीएफलाई हराउँदै पुलिस फाइनलमा, स्वर्णका लागि आर्मीसँग खेल्ने

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्।

मंगलवार नेपालगन्ज रंगशालमा भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै पुलिसले बर्मीसँगको फाइनल भेट पक्का गरेको हो।

विभागीय डर्बी भिडन्तमा अब्बल रहँदै पुलिसले एपीएफलाई २-१ ले पराजित गरेको हो।

पुलिसका लागि खेलको नवौँ मिनेटमा रवि पासवान र ३३औँ मिनेटमा तेज तामाङले गोल गरे।

एपीएफका लागि ७१औँ मिनेटमा आशिश लामाले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन।

बेलुका ५ बजे खेल सुरु भएकाले दोस्रो हाफको खेल जारी रहँदा मैदानमा केही अँध्यारो भएको थियो।

त्यसैले गर्दा दोस्रो हाफमा खेल्न केही असहज भएको पुलिस र एपीएफका प्रशिक्षकको भनाई थियो।

सातौँ संस्करणको स्वर्ण विजेता एपीएफलाई हराउदै फाइनल पुगेपछि राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने अवसर रहेको पुलिसका प्रशिक्षक अनन्त थापाले बताए।

उनले निरन्नर खेल्नुपरेका कारण खेलाडीहरुले पूरै समय एक नासले खेल्न नसकेको स्विकारे।

उता एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलको अन्त्यतिर कमजोर प्रकाशका कारण खेल्न गाह्रो भएको र पाउनुपर्ने पेनाल्टी पनि नपाएको प्रतिक्रिया दिए। उनले राष्ट्रिय खेलकुद बाहेक अन्य प्रतियोगिताहरु भएको भए आफूले खेल रोक्ने बताउदै राष्ट्रिय खेलुकद भएर पूरै समय खेलेको बताए।

आजै भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ५ लाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

सातौँ राष्ट्रियमा आर्मी एपीएफसँग फाइनलमा पराजित भएको थियो। लगातार फाइनल पुगेपछि आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले स्वर्णका लागि खेल्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell