PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

ह्यान्डबल : गण्डकी र आर्मी च्याम्पियन



पहिलोपोस्ट

ह्यान्डबल : गण्डकी र आर्मी च्याम्पियन

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन्। दुवै फाइनलमा एपीएफ चुक्यो।

नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित गर्‍यो। गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे। एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे। आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थानमा चित्त बुझायो।

महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा लगायो। आर्मीकी कविता राईले ८ गोल गरिन्। एपीएफबाट साधना बमले ४ गोल गरिन्। गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छ्याउदै तेश्रो भयो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य राजेश गुरुङलगायतले पुरस्कृत गरे। पुरुष-महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell