
बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खो खोको पुरुष-महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ।
बर्दियाको भुरीगाउँमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई १५–१४ ले पराजित गर्यो। तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ९–७ ले हरायो।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता गर्यो। सुदूरपश्चिमले प्रदेश ३ लाई १२–९ ले पाखा लगाउदै तेश्रो भयो।
प्रतियोगिताको पुरुष-दुवैमा सातै प्रदेश आर्मी र एपीएफ गरी ९–९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।