PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

महिला क्रिकेटको स्वर्ण एपीएफलाई



पहिलोपोस्ट

महिला क्रिकेटको स्वर्ण एपीएफलाई

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि एपीएफले चुमेको छ।

मंगलवार दाङको लमहीमा भएको भएको उपाधि भिडन्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो।

पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुँदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन बनायो। जसमा ज्योति पाण्डेले सर्वाधिक ४५ र सिताराना मगरले ४२ रनको योगदान दिए।

बलिङतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३ विकेट लिए।

१२९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा मात्र ४१ रनमा अलआउट भयो।

प्रदेश १ का लागि रश्मि शर्मा चौलागाईँले नटआउट २७ रन जोडिन्। प्रदेश १ लाई अलआउट गर्न बलिङमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले २-२ विकेट लिए।

प्लेर अफ द म्याच सरिता राना मगर घोषित भइन्। यसैगरी वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुर्नामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell