
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको फाइनलमा विभागीय टोली एपीएफ र प्रेदश ३ भिड्ने भएका छन्।
बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा मंगलवार भएको सेमिफाइनल जित्दै एपीएफ र प्रेदश ३ ले स्वर्णका लागि भिडन्त पक्का गरेका हुन्।
एपीएफले गण्डकी प्रदेशलाई २५-९, २६-१६, २५-९ को सेटमा सहजै पराजित गर्दा प्रदेश ३ ले अर्को विभागीय टोली नेपाल पुलिसलाई ३-० कै सेटमा हरायो।
पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि प्रदेश ३ ले पुलिसलाई २५-२३, २५-११, २५-१८ ले हरायो।
अब एपीएफ र प्रदेश ३ ले बुधवार स्वर्णका लागि खेल्नेछन् भने पराजित पुलिस र गण्डकी प्रदेशले कास्य पदकका लागि खेल्नेछन्। यस्तै पुरुषतर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस फाइनलमा पुगेका छन्।