PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

धादिङ केन्द्रबिन्दूका दुई भूकम्पले एकाबिहानै सम्झायो वैशाख १२ को महाभूकम्प



पहिलोपोस्ट

धादिङ केन्द्रबिन्दूका दुई भूकम्पले एकाबिहानै सम्झायो वैशाख १२ को महाभूकम्प
म्याप : युएसजिएस

काठमाडौँ : चार वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दू बनाई गएको महाभूकम्प सम्झाउने गरी बुधबार बिहान धादिङ केन्द्रबिन्दू भएका दुई भूकम्प गएका छन्। 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका अनुसार पहिलो भूकम्प ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्र बनाई बिहान ६ बजेर २९ मिनेटमा गएको थियो। यसको तीव्रता ५.२ म्याग्निच्युड रेकर्ड गरिएको छ। 

त्यस्तै दोस्रो कम्पन सोही ठाउँमा केन्द्र बनाई ४.३ म्याग्निच्युडको गएको केन्द्रले जनाएको छ। 

भूकम्प राजधानी काठमाडौँका अधिकांश ठाउँमा महसूस गरिएको थियो। सामाजिक सञ्जालमा भूकम्पको महसूस गर्नेहरुको अनुभवले भरिएको थियो।  

केन्द्रका अनुसार यी भूकम्पले कहीँ कतै कुनै क्षति पुगेको जानकारी छैन। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यी भूकम्प नयाँ नभई वैशाख १२ को भूकम्पकै परकम्प हुन्। 

स-साना कम्पनको रेकर्ड अमेरिकाको युएसजिएसमा नहुने भए पनि आज बिहानको एउटा कम्पन त्यहाँ पनि रेकर्ड भएको छ। युएसजिएसको वेबसाइटमा ४.७ म्याग्निच्युड उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell